गैंडाकोट महोत्सवको हिसाबकिताब: ३४ हजार बचत, ४१ लाख उठ्न बाँकी
गैंडाकोट । चौथो गैंडाकोट महोत्सव २०८२ को आर्थिक प्रतिवेदन पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गरिएको छ। गत पौष २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको उक्त महोत्सवको आम्दानी र खर्चको विस्तृत लेखापरीक्षण विवरण आयोजकले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।
सार्वजनिक विवरण अनुसार महोत्सव अवधिभर कुल ६५ लाख ७६ हजार ६ सय २६ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। आम्दानीका मुख्य स्रोतहरूमा स्टल बिक्री, टिकट बिक्री, बाल उद्यान, विभिन्न प्रायोजकहरू र नेपाल सरकारबाट प्राप्त स...


