सरस्वती निकेतनमा उत्सव, SEE उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान
गैंडाकोट- गैंडाकोटस्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै भव्य बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ४.०० GPA ल्याएर विद्यालय तथा गैंडाकोट नगरकै गौरव बढाउने विद्यार्थी केशव आचार्यलाई नगद २५ हजार रुपैयाँसहित विशेष सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं गैंडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले विद्यार्थी, शिक्षक र अभिभावकबीचको त्रिक...


