“वर्षौंदेखि बसोबास गर्दै आएकालाई घरबारविहीन बनाइँदैन: कावासोती नगरपालिका
नवलपुर - नवलपुरकाे कावासोती नगरपालिकाले वर्षौंदेखि एलानी (सरकारी) जग्गामा बसोबास गर्दै आएका नागरिकलाई घरबारविहीन बनाउने काममा नलाग्ने स्पष्ट पारेको छ। नगरप्रमुख विष्णु प्रसाद भूसालले जारी गरेको विज्ञप्तिमा यस्तो प्रतिबद्धता जनाइएको हो।
विज्ञप्तिअनुसार कावासोती क्षेत्रमा लामो समयदेखि हजारौं परिवार सार्वजनिक जग्गामा बसोबास गर्दै आएका छन्। ती स्थानमा घर निर्माणसँगै सडक, विद्यालय जस्ता आधारभूत संरचना समेत विकास भइसकेको उल्लेख गरिएको छ। यसले नागरिकको दैनिकीसँग प्रत्यक्ष सम्बन्ध ज...


