मध्यबिन्दुमा चामल बोकेको ट्रकले कारलाई ठक्कर दिँदा चालकको मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका–७ स्थित हरियाली जंगल नजिक पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ०९:३० बजे दुम्किबासबाट कावासोतीतर्फ जाँदै गरेको लु १ ख ९५८० नम्बरको चामल बोकेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग.प्र.०१-००१ च ०४७४ नम्बरको कारलाई ठक्कर दिएको थियो।
दुर्घटनामा कार चालक कास्की, पोखरा महानगरपालिका–२६ निवासी ३३ वर्षीय दिपु गुरुङ गम्भीर घाइते भएका थिए। उन...


