नवलपुरमा बैशाख ६–७ मा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन
नवलपुर - राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत नवलपुर जिल्लामा बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ।
कार्यक्रम अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि पनि प्रदान गरिनेछ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंका अनुसार जिल्लामा ६ महिनादेखि ५९ महिनासम्मका २२ हजार ६३१ बालबालिका र १२ महिनादेखि ५९ महिनासम्मका २० हजार ५६५ बालबालिकालाई...


