×

नवलपुर विशेष

शैक्षिक केन्द्र बन्दै अक्सफोर्ड कलेज, स्नातक तहका ६ विधामा नयाँ भर्ना सुरु

शैक्षिक केन्द्र बन्दै अक्सफोर्ड कलेज, स्नातक तहका ६ विधामा नयाँ भर्ना सुरु
गैंडाकोट- नवलपुरको गैंडाकोट-२, नारायणी नदी किनारमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले शैक्षिक सत्र २०२६ का लागि स्नातक तहका विभिन्न प्राविधिक तथा व्यावसायिक सङ्कायहरूमा नयाँ भर्ना सुरु गरेको छ। कलेजले "हाम्रो दृष्टिकोण, तपाईंको लक्ष्य प्राप्ति"  भन्ने मूल सङ्कल्पका साथ लामो समयदेखि यस क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ। कलेज प्रशासनका अनुसार यस वर्ष विशेष आकर्षणको रूपमा रहेको ब्याचलर अफ इलेक्ट्रिकल एण्ड इले...

बर्दघाटमा ईभी भ्यान र ट्रक एकापसमा ठोक्किए, १० जना घाइते

बर्दघाटमा ईभी भ्यान र ट्रक एकापसमा ठोक्किए, १० जना घाइते
बर्दघाट- नवलपरासी पश्चिमको बर्दघाटस्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०८-००१ ज ००९४ नम्बरको ईभी (इलेक्ट्रिक) भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३४६० नम्बरको ट्रक बर्दघाट नगरपालिका-४ तारेभिरमा एकापसमा ठक्कर खाएका हुन् । दुर्घटना आज बिहान ११:१५ बजे भएको हो । दुर्घटनामा परि ईभी भ्यानमा सवार चालक, सहचालकसहित १० जना घाइते भएका छन् । घाइतेहरूलाई त...

मौलाकालिकाको १८८२ खुड्किला – आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

मौलाकालिकाको १८८२ खुड्किला – आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’
चितवन - बिहानको ठीक साढे ४ बजे सहर अझै मस्त निद्रामै हुन्छ। तर, गैँडाकोटको फेदीमा रहेका १८८२ वटा ढुङ्गे खुड्किलाहरूमा भने पदयात्रीहरूको पदचाप गुञ्जिन सुरु भइसकेको हुन्छ। कुनै समय केवल धार्मिक अनुष्ठान र पूजाआजामा सीमित मौलाकालिकाको यो उकालो, विशेषतः सार्वजनिक बिदाका दिन निकै गुल्जार बन्छ। सहरको कोलाहल र व्यस्त दिनचर्याबाट मानसिक स्फूर्ति चाहनेहरूका लागि यो पहाडी थुम्को ‘सर्ट हाइकिङ’ को रूपमा विकसित भइरहेको छ। सहरको आधुनिक जीवनशैलीका कारण निम्तने शारीरिक शिथिलता र मानसिक तन...

गैँडाकोटमा ६५ दिने ‘केयर गिभर’ तालिम सम्पन्न, प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण

गैँडाकोटमा ६५ दिने ‘केयर गिभर’ तालिम सम्पन्न, प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
गैँडाकोट-  राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र गैँडाकोट नगरपालिकाको लागत साझेदारीमा सञ्चालित ६५ दिने ‘केयर गिभर’ (केयरगिभर) तालिम सफलतापूर्वक सम्पन्न भएको छ । तालिमको समापनसँगै एक विशेष समारोहका बीच सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख (मेयर) मदनभक्त अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन...

प्रमुख प्रशासकीय अधिकृत कुटपिट प्रकरण – दुई पक्राउ, मुख्य आरोपितसहित अन्यको खोजी जारी

प्रमुख प्रशासकीय अधिकृत कुटपिट प्रकरण – दुई पक्राउ, मुख्य आरोपितसहित अन्यको खोजी जारी
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिइएको छ भने मुख्य आरोपितसहित अन्य संलग्न व्यक्तिको खोजी भइरहेको प्रशासनले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले घटनामा संलग्न भएको भनिएको गाडी धादिङको गजुरीबाट नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ सुरक्षा निकाय परिचालन गरी...

इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै हमला, आक्रमणकारी फरार

इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै हमला, आक्रमणकारी फरार
चितवन- चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै ज्यान मार्ने उद्देश्यले सांघातिक हमला भएको छ। घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले दोषीलाई कारबाही नभएसम्मका लागि कार्यालयका सम्पूर्ण कामकाज ठप्प पारेका छन्। बिहीबार (आज) बिहान करिब ११:०० बजेको समयमा आफ्नो पदीय कर्तव्य पालना गरिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि उनकै कार्यकक्षभित्रै आक्रमण भएको हो। चितवनको कालिका नगरपालिका वडा नं. २, पदमपुरस्थित 'किंगफिसर कन्स्ट्रक्सन'का प्रोपाइटर लाल...

गैंडाकोटकी २८ वर्षीया सन्तोषी श्रेष्ठ बेपत्ता, देवघाटमा भेटियो स्कुटर

गैंडाकोटकी २८ वर्षीया सन्तोषी श्रेष्ठ बेपत्ता, देवघाटमा भेटियो स्कुटर
गैंडाकोट- नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. २ बस्ने २८ वर्षीया सन्तोषी श्रेष्ठ विगत दुई दिनदेखि बेपत्ता भएकी छिन्।  श्रेष्ठ असार १४ गते साँझ ८:०० बजे आफ्नो स्कुटर लिएर घरबाट निस्किएकी थिइन्। पारिवारिक स्रोतका अनुसार घरबाट निस्किएपछि उनी सम्पर्कविहीन भएकी हुन्। खोजी गर्ने क्रममा उनले प्रयोग गरेको बा. प्र. ०६-००१ प १४९९ नम्बरको स्कुटर तनहुँ र चितवनको सिमानामा पर्ने पवित्र धार्मिक स्थल देवघाटको हनुमानचोकमा पार्किङ गरी राखिएको अवस्थामा फेला परेको छ। स्कुटर फेला परिए तापनि सन्त...

पानी र मानवीय संवेदना: कृष्णदाइको सम्झनलायक ४ वर्ष

पानी र मानवीय संवेदना: कृष्णदाइको सम्झनलायक ४ वर्ष
पानी केवल तिर्खा मेट्ने तिर्सना मात्र होइन रहेछ, यो त दुःखसुखको सहयात्री पनि बन्न सक्दो रहेछ। गफगाफमा आदर्शका कुरा गर्न सजिलो हुन्छ, तर पदमा बसेर जनताको आँसु र हाँसोलाई महसुस गर्न निकै गाह्रो हुन्छ। गैँडाकोट पम्पिङ (खानेपानी) संस्थाको इतिहासमा वि.सं. २०७९ जेठ २९ गतेदेखि भर्खरै असार ७ गतेसम्मको चार वर्ष यस्तै एउटा मर्मस्पर्शी अध्याय बन्यो, जसको नेतृत्व पूर्व वडाध्यक्ष समेत रहेका कृष्णप्रसाद न्यौपाने- अर्थात्  'कृष्णदाइ'ले गरेका थिए। विलासिताको गाडी होइन, जनताको ओठको मुस्कान ...

बुलिङटारको बजेट- ५० करोड ५७ लाख

बुलिङटारको बजेट- ५० करोड ५७ लाख
बुलिङटार- बुलिङटार गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकालाई समृद्ध, आत्मनिर्भर र नागरिकमैत्री स्थानीय शासनको दिशामा अघि बढाउने स्पष्ट खाकासहित गाउँसभाले कुल ५० करोड ५७ लाख ३४ हजार २ सय २८ रुपैयाँ बराबरको बजेट पारित गरेको हो। अधिवेशनमा गाउँसभाका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष दिल मा...