गैंडाकोट सब डिभिजन वन कार्यालयद्वारा ६ हजार बिरुवा नि:शुल्क वितरण
गैंडाकोट- गैंडाकोट नगरपालिका क्षेत्रभित्र हरियाली प्रवर्द्धन र वातावरण संरक्षण गर्ने उद्देश्यका साथ सब डिभिजन वन कार्यालय गैंडाकोटले तीव्र रूपमा नि:शुल्क बिरुवा वितरण गरिरहेको छ। कार्यालयको असार महिनादेखि सुरु भएको वार्षिक स्वीकृत कार्यक्रम अनुसार हालसम्म ६ हजार विभिन्न प्रजातिका बिरुवाहरू समूह तथा व्यक्तिहरूलाई नि:शुल्क वितरण भइसकेको छ।
गैंडाकोट नगरपालिका वडा नं. ९ थुम्सीमा अवस्थित सब डिभिजन वन कार्यालयको नर्सरीबाट फलफूल, काठ, दाउरा तथा जडीबुटीजन्य गरी २० भन्दा बढी प्रजातिक...


