×

नवलपुर विशेष

रेडियो संकेत ९३ मेगाहर्जले भाद्र २० गते ‘बृहत तिज गीत प्रतियोगिता’ आयोजना गर्ने

रेडियो संकेत ९३ मेगाहर्जले भाद्र २० गते ‘बृहत तिज गीत प्रतियोगिता’ आयोजना गर्ने
गैंडाकोट- नेपाली नारीहरूको महान् चाड हरितालिका तिजको पूर्वसन्ध्यामा गैंडाकोटस्थित रेडियो संकेत ९३ मेगाहर्जले यस वर्ष पनि 'बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३' आयोजना गर्ने भएको छ। स्थानीय तथा जिल्लाभरिका नयाँ र पुराना प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यका साथ आगामी भाद्र २० गते शनिबार सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। तिज पर्व गीत र नृत्यको उत्सव मात्र नभई महिलाहरूको भावना, पीडा र खुसी अभिव्यक्त गर्ने सशक्त माध्यम भएकाले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ...

रिक्सा चालक दिनेशको दर्दनाक कथा: “छोरा भेटे आधा रोग त्यसै निको हुन्थ्यो”

रिक्सा चालक दिनेशको दर्दनाक कथा: “छोरा भेटे आधा रोग त्यसै निको हुन्थ्यो”
गैँडाकोट - सडकमा इ-रिक्सा कुदाइरहँदा जब-जब उनका आँखा साना बालबालिकामाथि पर्छन्, गैँडाकोट-१ का दिनेश गिरीको हात आफैँ खल्तीतर्फ पुग्छ। खल्तीबाट चकलेट र केही रुपैयाँ निकालेर ती अबोध बालबालिकाको हातमा थमाइदिँदा उनको आँखाको सानो डिलबाट एक थोपा आँसु खस्छ। ती साना बाबुनानीहरूमा दिनेशले अर्कै कसैको अनुहार खोजिरहेका हुन्छन्- आफ्नै कलेजाको टुक्रा, आफ्नो छोराको अनुहार। "आफ्नो छोरालाई देख्न र भेट्न पाएको छैन," भक्कानिँदै दिनेश भन्छन्, "सडकमा अरूका साना बाबुनानी देख्दा आफ्नै छोराको सम्झ...

बर्ड फ्लुविरुद्धको खोज: अमेरिकामा चम्किए गैंडाकोटका विवेक ढकाल

बर्ड फ्लुविरुद्धको खोज: अमेरिकामा चम्किए गैंडाकोटका विवेक ढकाल
गैंडाकोट - नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. १ का एक होनहार युवाले अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा नेपाल र आफ्नो जन्मथलो गैंडाकोटको नाम उच्च बनाएका छन्। गैंडाकोटकै माटोमा हुर्किई प्रारम्भिक शिक्षा लिएका युवा अनुसन्धानकर्ता विवेक ढकालले अमेरिकामा आयोजित उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो महत्त्वपूर्ण वैज्ञानिक खोज प्रस्तुत गर्दै नेपालको सिर उँचो बनाएका हुन्। अमेरिकाको मिनेसोटामा सम्पन्न विश्वप्रसिद्ध ‘२०२६ अमेरिकन सोसाइटी फर भाइरोलोजी (ASV) सम्मेलन’ मा ढकालले एक मु...

गैंडाकोट नगरपालिकामा हालसम्म ८६९ जनालाई अपाङ्गता परिचयपत्र वितरण

गैंडाकोट नगरपालिकामा हालसम्म ८६९ जनालाई अपाङ्गता परिचयपत्र वितरण
गैंडाकोट- गैंडाकोट नगरपालिकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, अधिकार र राज्यबाट पाइने सेवासुविधा सुनिश्चित गर्ने उद्देश्यका साथ अपाङ्गता परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिँदै आएको छ। स्थानीय तहबाटै पहिचान र वर्गीकरण सुरु भएपछि नगरभित्र हालसम्म परिचयपत्र प्राप्त गर्ने नागरिकहरूको कुल संख्या ८६९ पुगेको छ। नगरपालिकामा प्राप्त हुने निवेदनहरूलाई व्यवस्थित र पारदर्शी रूपमा निरूपण गर्न नगर उपप्रमुखको संयोजकत्वमा ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति...

गैंडाकोट उद्योग वाणिज्य संघको नेतृत्व कंडेलको हातमा: अरु को-को परे नयाँ टोलीमा? (सूचीसहित)

गैंडाकोट उद्योग वाणिज्य संघको नेतृत्व कंडेलको हातमा: अरु को-को परे नयाँ टोलीमा? (सूचीसहित)
गैंडाकोट - जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गैंडाकोटको चौथो अधिवेशन तथा निर्वाचन प्रक्रिया अन्तर्गत नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नतिजा अनुसार संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा छवि लाल कंडेलसहित सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य तथा लेखा समितिका सबै पदहरूमा निर्विरोध चयन सम्पन्न भएको हो। संस्थाको वरिष्ठ उपाध्यक्षमा तेजनारायण पाण्डे, प्रथम उपाध्यक्षमा नवराज कंडेल, द्वितीय उपाध्यक्षमा सुरेन्द्...

गैंडाकोटमा दुई महिला मृत फेला, अनुसन्धान सुरु

गैंडाकोटमा दुई महिला मृत फेला, अनुसन्धान सुरु
गैंडाकोट - नवलपुरको गैंडाकोटमा दुई जना महिला मृत अवस्थामा भेटिएका छन्। गैंडाकोट–१० स्थित अकलामाई मन्दिर नजिकै राजमार्ग छेउको चौरमा दुई महिला बेहोस अवस्थामा ढलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्कालै उनीहरूलाई उद्धार गरेर भेडाबारीस्थित नगर अस्पताल पुर्‍याएको थियो। तर, अस्पताल पुर्‍याउँदा डाक्टरले दुवै जनालाई मृत घोषणा गरे। मृत्यु हुनेमा बागलुङ घर भई हाल गैंडाकोट–१२ हर्कपुरमा बस्ने ३८ वर्षीया कविता राई र भोजपुर घर भई हाल गैंडाकोट–१० पितौजीमा बस्ने ४५ वर...

गैंडाकोट उद्योग वाणिज्य संघको चौथो अधिवेशन आज, अध्यक्षमा कँडेल

गैंडाकोट उद्योग वाणिज्य संघको चौथो अधिवेशन आज, अध्यक्षमा कँडेल
गैंडाकोट - जिल्ला उद्योग वाणिज्य संघ, गैंडाकोटको सातौँ साधारणसभा तथा चौथो अधिवेशन आज (बिहीबार) भव्य रूपमा आयोजना हुँदैछ। गैंडाकोटस्थित मौलाकाली इला रिसोर्टमा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ। अधिवेशनको औपचारिक उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्नेछन्। उद्योगी-व्यवसायीहरूको छाता संगठनको नेतृत्व चयन हुने दिन भएकाले आज स्थानीय व्यवसायीहरूमाझ विशेष उत्साह र रौनक देखिएको छ। विधानको वैधानिक व्यवस्था अनुसार हालका वरिष्ठ...

नवलपुरमा सडक दुर्घटना भयावह: एकै वर्ष ६९ जनाले गुमाए ज्यान

नवलपुरमा सडक दुर्घटना भयावह: एकै वर्ष ६९ जनाले गुमाए ज्यान
नवलपुर - नवलपुर जिल्लामा सडक दुर्घटनाको अवस्था दिनानुदिन भयावह बन्दै गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सार्वजनिक गरेको पछिल्लो वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर भएका ११८ वटा सडक दुर्घटनामा परी ६९ जनाले ज्यान गुमाएका छन्। यस हिसाबले जिल्लामा औसतमा प्रत्येक महिना करिब ६ जनाको सडक दुर्घटनाकै कारण मृत्यु हुने गरेको छ, जुन विगत तीन वर्षयताकै सबैभन्दा बढी मानवीय क्षति हो। समीक्षा अवधिमा दुर्घटनाको सङ्ख्यामा सामान्य वृद्धि भए पनि ज्यान गुमाउनेको सङ...

गैँडाकोट नगरपालिकामा १८ जना ‘बालमैत्री सहजकर्ता’ माग

गैँडाकोट नगरपालिकामा १८ जना ‘बालमैत्री सहजकर्ता’ माग
गैँडाकोट - गैँडाकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियानलाई तीव्रता दिन ठूलो संख्यामा जनशक्ति माग गरिएको छ। नगरपालिकाले ‘बालमैत्री स्थानीय शासन कार्यक्रम’ कार्यान्वयनका लागि १८ जना ‘वडा बालमैत्री सहजकर्ता’ पदमा सेवा करारमा कर्मचारी भर्ना गर्न नयाँ आवेदन आह्वान गरेको हो। नगरपालिकाका प्रत्येक वडामा एक-एक जना रहने गरी सहजकर्ता छनौट गर्न लागिएको हो। मान्यता प्राप्त शिक्षण संस्थाबाट १०+२ (प्लस टु) वा सो सरह उत्तीर्ण गरेका नेपाली नागरिकले यस पदका लागि आवेदन दिन सक्नेछन्। ...