×

नवलपुर विशेष

पाल्पादेखि गैँडाकोटसम्म: त्याग र विश्वासको पचास वर्षे यात्रा

पाल्पादेखि गैँडाकोटसम्म: त्याग र विश्वासको पचास वर्षे यात्रा
गैँडाकोट- संसारमा मानिसहरू धेरै जन्मिन्छन्, आफ्नै जीवनको गोरेटो कोर्छन् र हराउँछन्। तर ती मानिसहरू विरलै हुन्छन्, जसले आफ्नो व्यक्तिगत महत्त्वाकाङ्क्षा र सपनालाई किनारामा राखेर अरूको ओठमा मुस्कान फुलाउन आफ्नो सिङ्गो जीवन सुम्पिन्छन्। तिनै समर्पित र निष्ठावान् नामहरूमध्ये एउटा आत्मीय नाम हो- सुरेन्द्र प्रसाद रेग्मी। पाल्पाको एउटा एकान्त ग्रामीण आँगनबाट सुरु भएको उहाँको जीवन-यात्रा आज गैँडाकोट वडा नं. १ को नेतृत्वसम्म पुग्दा कुनै राजनीतिक कथा मात्र बनेको छैन; यो त त्याग, सङ्घर्...

नारायणी सामुदायिक वनलाई प्रतिष्ठित ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’

नारायणी सामुदायिक वनलाई प्रतिष्ठित ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’
गैंडाकोट- वन संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गैंडाकोटस्थित नारायणी सामुदायिक वन उपभोक्ता समूह राष्ट्रियस्तरको प्रतिष्ठित ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ बाट पुरस्कृत भएको छ। आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदान गरिएको उक्त पुरस्कार ‘सामुदायिक वन दिवस २०८३’ को अवसरमा सोमबार ललितपुरस्थित प्रकृति संरक्षण कोषमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो। नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालय, वन तथा भू-संरक...

तीज मनाउन गैंडाकोटको इला कम्फर्टमा विशेष तयारी, ९९९ बाट अफर सुरु

तीज मनाउन गैंडाकोटको इला कम्फर्टमा विशेष तयारी, ९९९ बाट अफर सुरु
गैंडाकोट। हरितालिका तीजको अवसर पारेर गैंडाकोटको हर्कापुरस्थित ‘इला कम्फर्ट’ (ila Comfort) ले विशेष तीज उत्सव सञ्चालन गर्ने भएको छ। नेपाली महिलाहरूको महान् पर्व तीजलाई अझ बढी अविस्मरणीय र उल्लासमय बनाउनका लागि होटलले ‘हरितालिका तीज स्पेशल’ प्याकेज सार्वजनिक गरेको हो। होटल व्यवस्थापनका अनुसार यसपालिको तीजमा ग्राहकहरूका लागि सांस्कृतिक नाचगान, सांगीतिक माहोल तथा स्वादिष्ट भोजनका विविध विकल्पहरू समावेश गरिएको छ। साथीभाइ, परिवार र आफन्तजनसँग मिलेर तीजको रौनक साटासाट गर्न चाहनेका ...

काँग्रेस नेता अमृत भट्टचन अमेरिका जाँदै- गैंडाकोटमा शुभकामना र बिदाइ

काँग्रेस नेता अमृत भट्टचन अमेरिका जाँदै- गैंडाकोटमा शुभकामना र बिदाइ
गैंडाकोट। नेपाली काँग्रेसका नेता एवं उद्योग वाणिज्य संघ गैंडाकोटका संस्थापक अध्यक्ष अमृत भट्टचन नेपाली काँग्रेस जनसम्पर्क समितिको साधारणसभा तथा अधिवेशनमा सहभागी हुन अमेरिका जाने भएका छन्।२० दिनको अमेरिका भ्रमणका लागि जान लागेका नेता भट्टचनको साथमा काँग्रेसका महामन्त्री गुरु घिमिरे र सहमहामन्त्री प्रकाश रसाइली पनि रहनेछन्। उद्योग वाणिज्य संघ गैंडाकोटका संस्थापक अध्यक्षसमेत रहेका भट्टचन अमेरिका प्रस्थान गर्न लागेको अवसरमा आज संघले एक विशेष शुभकामना तथा बिदाइ कार्यक्रमको आयोजना...

एनपीआई कालिगण्डकीमा लापरवाहीको आरोप: शल्यक्रियापछि युवक अचेत, आफन्तको प्रदर्शन

एनपीआई कालिगण्डकीमा लापरवाहीको आरोप: शल्यक्रियापछि युवक अचेत, आफन्तको प्रदर्शन
कावासोती । नवलपुरको कावासोती नगरपालिका–८ स्थित एनपीआई कालिगण्डकी अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गराएका १९ वर्षीय युवक दुई साता बितिसक्दा पनि अचेत अवस्थामा रहेपछि आफन्तहरूले चिकित्सकको लापरवाहीको आरोप लगाउँदै अस्पताल अगाडि कडा प्रदर्शन गरेका छन्। मध्यविन्दु नगरपालिका–१० निवासी १९ वर्षीय यमराज सोती मगरलाई गत साउन ९ गते एपेन्डिक्सको शल्यक्रियाका लागि एनपीआई कालिगण्डकी अस्पताल भर्ना गरिएको थियो। शल्यक्रिया सम्पन्न भएको यतिका दिन बितिसक्दा पनि बिरामीको होस नआएपछि उपचारका क्रमम...

गैँडाकोटमा वडा बालमैत्री सहजकर्ताको लिखित परीक्षाको नतिजा सार्वजनिक

गैँडाकोटमा वडा बालमैत्री सहजकर्ताको लिखित परीक्षाको नतिजा सार्वजनिक
गैँडाकोट । गैँडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालयले 'वडा बालमैत्री सहजकर्ता' पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ। करार सेवाअन्तर्गत जनशक्ति पदपूर्तिका लागि गत साउन ५ गते प्रकाशित प्रथम पटकको सूचना अनुसार परेका आवेदनमध्ये साउन २३ गते सञ्चालन गरिएको लिखित परीक्षाबाट ५५ जना उम्मेदवार उत्तीर्ण भएका हुन्। नगरपालिकाका १८ वटै वडाका लागि प्राप्त आवेदनका आधारमा वडागत वर्णानुक्रम अनुसार उत्तीर्ण उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको छ। नगरपालिकाद्वारा जारी सूचना अनुसार ल...

रास्वपा गैंडाकोटको कोषाध्यक्षमा ऋषि गौतम सर्वसम्मत चयन

रास्वपा गैंडाकोटको कोषाध्यक्षमा ऋषि गौतम सर्वसम्मत चयन
गैंडाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैंडाकोट नगर समितिको कोषाध्यक्ष पदमा ऋषि गौतम सर्वसम्मत रूपमा चयन हुनुभएको छ। १५ सदस्यीय नगर समितिको आज बसेको बैठकले गैंडाकोट–१३ निवासी तथा वडाका निर्वाचित जनप्रतिनिधिसमेत रहनुभएका गौतमलाई सर्वसम्मतिमा कोषाध्यक्षको जिम्मेवारी सुम्पिने निर्णय गरेको रास्वपा गैंडाकोट नगर समितिका सभापति बिमल घिमिरेले जानकारी दिनुभयो। पार्टी संगठनलाई थप चलायमान बनाउन र आर्थिक पारदर्शिता कायम राख्न अनुभवी एवं जनउत्तरदायी नेतृत्व आवश्यक परेकाले नगर समि...

नवलपुरका प्रजिअ र प्रहरी प्रमुखलाई उद्योग वाणिज्य संघको ज्ञापनपत्र

नवलपुरका प्रजिअ र प्रहरी प्रमुखलाई उद्योग वाणिज्य संघको ज्ञापनपत्र
नवलपुर- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) खण्डको निर्माणाधीन सडकका कारण स्थानीयवासी र व्यवसायीले सास्ती खेप्नुपरेको भन्दै उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएको छ। व्यवसायी नेता अमृत भट्टचनको अगुवाइमा जिल्ला नगर उद्योग वाणिज्य संघको टोलीले आज नवलपरासी सुस्तापूर्वका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख (प्रहरी उपरीक्षक) लाई भेट गरी औपचारिक ज्ञापनपत्र हस्तान्तरण गरेको हो। ज्ञापनपत्र बु...

तीजको अवसरमा मार्मिक गीत “परदेशी सन्तान” सार्वजनिक (भिडियो सहित )

तीजको अवसरमा मार्मिक गीत “परदेशी सन्तान” सार्वजनिक (भिडियो सहित )
गैँडाकोट - हरितालिका तीज २०८३ को पावन अवसरलाई लक्षित गर्दै नयाँ भावपूर्ण तीज गीत "परदेशी सन्तान" सार्वजनिक गरिएको छ। चाडपर्वका बेला वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा घरदेशभन्दा टाढा रहेका सन्तान र उनीहरूको पर्खाइमा रहेका आमाबुबाको वेदना, माया र सास्तीलाई गीतको मुख्य विषयवस्तु बनाइएको छ। तीजको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर खुशी साट्ने चाहना भए पनि लाखौँ नेपाली घरपरिवारका छोराछोरी विदेशमा हुनुपर्ने बाध्यताको यथार्थलाई गीतमार्फत मार्मिक ढङ्गले प्रस्तुत गरिएक...