गैंडाकोट। नेपाली काँग्रेसका नेता एवं उद्योग वाणिज्य संघ गैंडाकोटका संस्थापक अध्यक्ष अमृत भट्टचन नेपाली काँग्रेस जनसम्पर्क समितिको साधारणसभा तथा अधिवेशनमा सहभागी हुन अमेरिका जाने भएका छन्।२० दिनको अमेरिका भ्रमणका लागि जान लागेका नेता भट्टचनको साथमा काँग्रेसका महामन्त्री गुरु घिमिरे र सहमहामन्त्री प्रकाश रसाइली पनि रहनेछन्।
उद्योग वाणिज्य संघ गैंडाकोटका संस्थापक अध्यक्षसमेत रहेका भट्टचन अमेरिका प्रस्थान गर्न लागेको अवसरमा आज संघले एक विशेष शुभकामना तथा बिदाइ कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायीहरूले उनको अमेरिका भ्रमणको सफलताको कामना गर्दै खादा र माला लगाएर शुभकामना व्यक्त गरेका थिए।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले जनसम्पर्क समितिको अधिवेशनमा सहभागी भई प्रवासी नेपालीहरूसँग संगठन सुदृढीकरण तथा समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।



उज्यालो खबर

