१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
आफ्नै १९ वर्षीया छोरीलाई डरधम्की दिएर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले भरतपुरका एक ४५ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ। पीडित किशोरी स्वयंले जिल्ला प्रहरी कार्यालय चितवन पुगेर उजुरी दर्ता गराएपछि घटना सार्वजनिक भएको हो।
प्रहरीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ती पुरुषका श्रीमती र छोरा जापानमा बस्दै आएका छन्। नेपालमा रहेकी छोरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउने भनि उनी करिब ८ महिनाअघि नेपाल फर्किएका थिए। केही समयपछि पुनः जापान फर्कने तयारीमा रहेका उनी ...


