गैंडाकोट। हरितालिका तीजको अवसर पारेर गैंडाकोटको हर्कापुरस्थित ‘इला कम्फर्ट’ (ila Comfort) ले विशेष तीज उत्सव सञ्चालन गर्ने भएको छ। नेपाली महिलाहरूको महान् पर्व तीजलाई अझ बढी अविस्मरणीय र उल्लासमय बनाउनका लागि होटलले ‘हरितालिका तीज स्पेशल’ प्याकेज सार्वजनिक गरेको हो।
होटल व्यवस्थापनका अनुसार यसपालिको तीजमा ग्राहकहरूका लागि सांस्कृतिक नाचगान, सांगीतिक माहोल तथा स्वादिष्ट भोजनका विविध विकल्पहरू समावेश गरिएको छ। साथीभाइ, परिवार र आफन्तजनसँग मिलेर तीजको रौनक साटासाट गर्न चाहनेका लागि होटलले भव्य तयारी गरिसकेको होटल व्यवस्थापनले जनाएको छ।
होटलले स्वादिष्ट खाना तथा पेय पदार्थको पारखीहरूका लागि मात्र रु. ९९९ (नौ सय ९९) बाट सुरु हुने गरी विभिन्न आकर्षक अफरहरू उपलब्ध गराएको छ।
गैंडाकोटको आकर्षक तथा शान्त वातावरणमा रहेको इला कम्फर्टमा आयोजना हुने यस विशेष कार्यक्रमका लागि सिमित टेबलहरू मात्र उपलब्ध रहेकाले इच्छुक ग्राहकहरूलाई अग्रिम बुकिङ गर्नसमेत होटल व्यवस्थापनले आग्रह गरेको छ।



उज्यालो खबर

