चितवन निकुञ्जमा गैंडा मारी खाग बेच्ने गिरोह पक्राउ
चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करीमा संलग्न गिरोह पक्राउ परेको छ ।पक्राउ पर्नेहरुमा मकवानपुरको वागमती गाउँपालिका ३ पाँचपाण्डवका ३५ वर्षीय नविन पौडेल भन्ने मेख बहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका २ डुङ्ग्राका २७ वर्षीय विरबहादुर बस्नेत र चितवनको खैरहनी नगरपालिका ६ रिजालटोलका २५ वर्षीय आरोष उप्रेती रहेका छन् ।
उनीहरु २०७६ साल भदौ महिनामा निकुञ्जको नवलपरासीस्थित मर्दीघोल भन्ने ठाउँमा एउटा वयष्क गैंडा चोरी शिकारीमा संलग्न भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत...


