चारजनाले साथ छाडेपछि सभापतिका उमेदवार खेमराज सापकाेटा एक्लै !
गैँडाकोट । नेपाली कांग्रेस गैँडाकोट नयाँ नेतृत्व चयनका लागि असोज ११ गते हुुँदै गरेको १४ औ नगरअधिबेशन रोमाञ्चक मोडमा जाने देखिएको छ । नगरसभापति पदका उमेदवार खेमराज सापकोटाले आफ्नो प्यानलको नाम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि सोहि प्यानलमा रहेका २ जना उपसभापति र दुईजना सचिवहरुले आफुहरु खेमराज प्यानलमा नरहेको भन्दै विज्ञप्ती सार्वजनिक गरेसँगै गैँडाकोट कांग्रेसको अधिवेशन थप रोमाञ्चक हुने देखिएको हो ।
खेमराज सापकोटा प्यानलबाट भन्दै आएका दुई उपसभापतिहरु राजेशबाबुु श्रेष्ठ र...


