कसले मार्ला गैँडाकाेट कांग्रेस सभापतिकाे बाजी ?
गैँडाकोट । चौधौं महाधिवेशनका अन्तर्गत नेपाली कांग्रेस गैँडाकोटको सभापतिका लागि मुख्यतः तीनजना विच प्रतिष्पर्धा हुने देखिएको छ । नेपाली काग्रेसका युवा नेता बद्री सापकोटा, खेमराज सापकोटा र खगराज सापकोटा विच खास प्रतिष्पर्धा हुने देखिएको हो ।
अर्का युवा नेता दाताराम घिमिरेले पनि सभापति पदमा उमेदवारी दिने बताएपनि हालसम्म खुलेर प्रचार गरेको पाइएको छैन । घिमिरे बाहेकका अन्य तीनजना बद्री सापकोटा, खेमराज सापकोटा र खगराज सापकोटाले आफुुलेनै सभापतिको बाजी मार्ने बताएका छन् । सभापति प...


