गैँडाकाेट । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गैँडाकोट नगरपालिकामा सभापति पदको दावेदार मध्येका एक खगराज सापकोटाले आफुले चुनाव जित्ने बताएका छन् । आश्विन ९ गतेका लागि तय गरिएको नगर अधिवेशन मार्फत आफुले सभापति पदमा बाजी मार्ने उनले बताए ।
नेपाल विद्यार्थी संघ र तरुण दलको जिम्मेबारीमा रहेर काम गरेका सापकोटाले पार्टिलाई बलियो बनाउन आफुले उमेदवारी दिएको बताए । उज्यालो खबर सँग कुरा गर्दै सापकोटाले प्रतिष्पर्धामा धेरैले चाहना राखेपनि आफुले सर्वाधिक मत लिएर सभापति बन्ने दावी गरे ।

सापकोटाले आफुु कुनै गुट या उपगुटमा नरहेको बताए । म कुनैपनि गुटमा छैन उनले भने । नगर सभापति पदका लागि कति रकम खर्च गर्दै हुनुहुन्छ भन्ने जिज्ञशासा उनले पैसाले चुनाव जित्न नसकिने भन्दै मन जित्न तर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए ।

 

तपाईको प्रतिक्रिया