गैँडाकोट । आगामी नोभेम्वर महिनामा सञ्चालन हुने स्क्रावल प्रतियोगितामा पूर्वि नवलपरासीबाट ५ विद्यालयहरु छनौट भएका छन् । नवलपुरको गैँडाकोटमा शनिवार सम्पन्न जिल्ला स्तरीय स्क्रावल प्रतियोगिताबाट ५ विद्यालयहरु छनौट भएका हुन ।
गैंडाकोट इङ्लिस स्कूलमा सम्पन्न प्रतियोगितामा जिल्लाका विभिन्न १० विद्यालयहरुबाट २० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । सोहि प्रतियोगिताबाट आगामी नोभेम्वर महिनामा सञ्चालन हुने प्रतियोगिताका लागि पाँच विद्यालयका ५ जना विद्यार्थीहरु छनौट भएका हुन ।
जिल्ला स्तरीय स्क्रावल प्रतियोगिता पूर्वि नवलपरासीको गैँडाकोटमा शनिवार सम्पन्न भएको छ । गैंडाकोट इङ्लिस स्कूलमा सम्पन्न प्रतियोगीतामा जिल्लाका १० विद्यालयहरुबाट २० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
गैंडाकोट इङ्लिस स्कुलका अर्नम पाण्डे, गण्डकी बोडिङ स्कुलका सुजन न्यूरे, अरुणखोला इङ्लिस स्कुलका अस्मिन काफ्ले, विजय सामुदायिक शिक्षा सदनका सरद अधिकारी र कन्टिनेन्टल बोडिङ स्कुलका अपिल पौडेल छनौट भएको स्क्रावल क्लव नवलपुरका संयोजक विना कोईरालाले जानकारी दिनुभयो ।
स्क्रवल क्लव पोखराको सहयोगमा गैडाकोट इङ्गलिस स्कुलले आयोजना गरेको कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि स्क्रावल क्लव पोखराका अध्यक्ष केशव पराजुली रहनु भएको थियो भने समापन समाराेहकाे प्रमुख अतिथि प्याब्सन गन्डकी प्रदेशका सदस्य प्रदिव वास्ताेला रहनु भएकाे थियाे । अर्जुन पाण्डेकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे संचालन स्क्रावल क्लवमा नवलपुर संयाेजक विना काेईरालाले गर्नुभएकाे थियाे ।



उज्यालो खबर




