नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १ सेतापानीमा करेन्ट लागेर ३० बर्षीय सन्दिप थापा मगरको निधन भएको छ ।आफ्नै घरको वायरिङ तार छुटाउने क्रममा करेन्ट लागेर थापा घाइते भई मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि लाइएको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।

विहीबार उनी घाइते भएका हुन् । उनको मध्यविन्दु जिल्ला अस्पतालमा निधन भएको प्रहरी चौकी कोल्हुवाले जनाएको छ

तपाईको प्रतिक्रिया