
गैँडाकोट । लायन्स क्लव अफ मौलाकालिका लिलिले अपागं जिवन विकास संस्थामा रहेका असाहयहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको अपांग जिवनविकास संस्थामा पुगेर त्यहाँ रहेका आश्रीतहरुका लागि विहानको खाना खुवाइएको लायन्स क्लव अफ मौलाकालिका लिलिका अध्यक्ष भूमा पूनले जानकारी दिनुभयो ।
क्लवका अध्यक्ष भूमा पून तथा ग्रीनका थर्ड भिपी गजेन्द्र न्यौपानेको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा जोन चेयर पर्सन (३५) शान्ति न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो ।कार्यक्रममा अपांग जिवन विकास संस्थाका बालकृष्ण सापकोटा, प्रमुख अतिथि शान्ति न्यौपाने र मौलाकालिका लिलिका अध्यक्ष भूमा पून लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ मौलाकालिका लिलिका सचिव मनु ढुगांनाले गर्नुभएको थियो ।