चितवन निकुञ्जमा सात महिनामा २७ गैँडा मरे,संरक्षणमा गम्भिर चुनौती
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा सात महिनामा २७ वटा गैडा मरेका छन् ।प्राकृतिक र चोरी शिकारीको कारण गरेर सात महिनामा २७ गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउनबाट फागुनको शुक्रबारसम्मको विवरणमा दुइवटा गैंडा मात्र चोरी शिकारीको कारणले मरेको देखिएको छ ।
२५ वटा गैंडा अन्य कारणले मरेको छ । एक आपसमा जुधेर मात्रै ७ वटा मरेका छन् । निकुञ्जको विवरणमा २०७४ सालमा विभिन्न कारणले ४३ वटा गैंडा मरेको थियो ।निकुञ्जक...


