राजस्व कार्यालय कावासोतीद्धारा माघ मसान्तसम्म १२ अर्व ३० करोड राजस्व संकलन
सुस्मा न्याैपाने
कावासोती। आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्षको माघ मसान्तसम्म १२ अर्व ३० करोड राजस्व संकलन भएको जनाएको छ। कार्यालयका अनुसार १२ अर्व ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १२ अर्व ३० करोड रुपैँया राजस्व संकलन गरिएको छ ।
सङ्कलन गरिएकाे राजस्व लक्ष्यको तुलनामा ९७ दशमलव ५४ प्रतिशतले हुन आउछ । अन्तःशुल्क शीर्षकमा रु १२ अर्व ५५ करोड ६लाख राजस्व असुली गर्ने लक्ष्य लिएको कार्यालयले रु ११ अर्व ७५ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ । याे सबैभ...


