सचिन भट्टराई
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित सरस्वती आधारभूत विद्यालयका ४८ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

स्वर्गीय खड्क कुमारी किजिम मगरको स्मृतिमा उहाँका श्रीमान प्रेमबहादुर किजिम मगर, छोराहरु जंग बहादुर किजिम मगर, छोरी अमृता किजिम मगर नातिनिहरु मुना किजिम मगर र रोजि किजिम मगरको उपस्थितिमा विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रचार्य गौरीश्वर शर्मा, विद्यालय व्यवस्थापन समितिका सदस्य भुमा पुन लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया