गोविन्द घिमिरे

गैँडाकोट । नवलपुर समाज जापानले गैँडाकोटका मृगौला पीडित विरामीलाइ नगद सहयोग गरेको छ । गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं. ८ स्थायी घर भै हाल गैँडाकोट ५ बस्दै आएका ५० बर्षीय कुलराज खरेललाइ ५० हजार रुपैँया सहयोग गरेको हो ।

नवलपुर समाज जापानका प्रतिनिधीहरुले पठाएको रकम गैँडाकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष नवराज कंडेल मार्फत आज मृगौला पीडित खरेललाइ हस्तान्तरण गरिएको नवलपुर समाज जापानका अभिभावक सीआर कंडेलले बताउनुभयाे।

गैँडाकोट नगरपालिका वडा नं. ५ को वडा कार्यालयमा आज आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवराज कंडेलले आर्थिक अवस्था कमजोर भै मृगौलाको उपचार गराइरहनु पर्ने अवस्थाका कुलराज खरेललाई आर्थिक सहयोग गरेको भन्दै नवलपुर समाज जापानलाई धन्यवाद दिनुभयो ।

विदेशमा रहेर पनि विभिन्न समयमा समाजिक उत्तरदायीत्व सम्झेर रचनात्मक कामहरु गरेको भन्दै वडा अध्यक्ष कंडेलले नवलपुर समाज जापानको प्रशंसा गर्नुभयो ।मृगौला पिडित विरामी कुुलराज खरेलले दुवै मृगौला फेल भै उपचारको क्रममा रहेको अवस्थामा आफुलाई सहयोग प्राप्त भएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया