×

नवलपुर । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकामा सामाजिक सुरक्षा भत्ताामा बार्षिक २० करोड बढी खर्च हुँने गरेको तथ्याकंले देखाएको छ ।गैँडाकोट नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाका अनुसार नगरभित्रका झण्डै ५ हजार ५ सय नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् ।

नगरपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाका प्रमुख देवेन्द्र बहादुर कुमालले हरेक तीन तीन महिनामा सरकारले उपलव्ध गराउने सामाजिक सुरक्षा भत्तामा गैँडाकोटका ५५ सय नगरवासी सहभागी हुने गरेको बताउनु भयो । उहाँका अनुसार असज कार्तिक र मंसिर, महिनामा मात्रै नगरपालिकाले सामाजिक सुरक्षा भत्तामा ५ करोड २४ लाख रुपैयाँ निकासा गरेको छ ।

गैँडाकोट नगरपालिले राष्टिय बाणिज्य बैंक , मेघा बैंक, कामना सेवा विकास बैकं, एनसीसी बैकं र साँग्रीला बैकं मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । समाजिक सुरक्षा भत्ता  अन्तर्गत नेपाल सरकारले जेष्ठ नागरिक, विधवा, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, अपांग भत्ता (क) (ख) र दलित बालबालिकालाई भत्ता उपलव्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया