रत्ननगर महोत्सव : एकै दिन ३६ हजारले गरे अबलोकन
रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा टिकौली चौरमा जारी रत्ननगर महोत्सवको एकै दिन ३६ हजार बढीले अबलोकन गरेका छन् । सोमबार माघे संक्रान्ति परेका कारण महोत्सव अबलोकनकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो । महोत्सवमा अबलोकनकर्ताको भीड बढेपछि आयोजकलाई नियन्त्रण गर्न मुश्किल भएको थियो । पौष २६ गतेबाट महोत्सव सुरु भएको हो ।
पहिलो दिन १० हजार, दोस्रो दिन १० हजार, तेस्रो दिन २८ गते १५ हजार, २९ गते १२ हजार र सोमबार एकै दिन ३६ हजारले महोत्सव अबलोकन गरेको संघका कोषाध्...


