×

 

चितवन – शैक्षिक परामर्श संस्था ग्लोबल रिच चितवनको ‘अष्ट्रेलिया एजुकेशन फेयर’ सम्पन्न भएको छ । उक्त एजुकेशन फेयर ग्लोबल रिचको नयाँ कार्यालय भाटभटेनी नजिकै रहेको रोटरी भवनमा शनिबार सम्पन्न भएको हो ।अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै आयोजना भएको एजुकेशन फेयरमा ४५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अष्ट्रेलिया जाने सोच बनाएका विद्यार्थी एवम् आफ्ना छोराछोरीलाई अष्ट्रेलिया पठाउन चाहेका अभिभावकले फेयरमा सहभागी भएर अष्ट्रेलियाकै युनिभरसिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सुझाव तथा जानकारी लिएका थिए ।हरेक बर्ष जस्तै यसपटक पनि सबै विद्यार्थीलाई युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसंँग सिधा परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला आयोजना गरिएको ग्लोबल रिचका चितवन प्रबन्धक सुरेश पौडेलले जानकारी जानकारी दिए ।

पौडेलका अनुसार मेलामा अष्ट्रेलियाका ११ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई नयाँ शिक्षा नीति, बिषय छनौट, छात्रवृत्ति, रोजगारी, आवश्यक कागजी प्रक्रिया, शुल्कलगायतका बिषयमा परामर्श दिएका थिए ।‘प्लस टु पास गरेका वा पढ्दै गरेका, व्याचलर र मास्टर्स पास गरेका अर्थात् पिएचडीसम्म गर्न चाहेका विद्यार्थीहरुका लागि यो फेयर निकै फलदायी भएको उनले बताए ।

उक्त फेयरमा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थीहरुसंगै अभिभावहरुको पनि सहभागी रहेको थियो । बिहान १० बजेदेखि आयोजन भएको मेला अपरान्ह ३ बजेसम्म सञ्चालन भएको थियो ।सन् २००७ देखि काठमाडौँमा शैक्षिक परामर्श सेवा सुरु गरेको ग्लोबल रिचले चितवनमा सन् २०१३ देखि सेवा सुरु गरेको हो ।ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा,चितवन गरी चारवटा शाखा छन् भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा सञ्चालनमा रहेको पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया