चितवन । चितवनको भरतपुरमा रहेको आगम बचत तथा ऋण सहकारी संस्थाले उद्योग बाणिज्यसंघ चितवनको कार्यसमितिमा निर्वाचित युवा व्यवसायी तथा समाजसेवी उपेन्द्र पण्डितलाई सम्मान गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. ६ चोकबजारमा रहेको सो सहकारीले सहकारीका सञ्चालक समेत रहेका युवा व्यवसायी पण्डितलाई आज एक कार्यक्रमकाविच सम्मान गरेको हो ।
भरतपुरको मेघौलीमा आयोजना गरिएको संस्थाको समिक्षा बैठकमा उहालाई सम्मान गरिएको आगम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बिष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो ।अगम सहकारीका अध्यक्ष शुरेसचन्द्र न्यौपानेको अध्यक्षता तथा भरतपुर महानगरपालिका वडा नं. १३ का अध्यक्ष प्रकाश दवाडीको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रम तथा समिक्षा बैठकमा ऋण प्रवाह र ब्याजदरलाई कसरी थप व्यवस्थित बनाउने भन्ने बारेमा छलफल भएको तिवारीले बताउनुभयो ।
सो अवसरमा भरतपुरका वडा नं. ६ का निर्वतमान वडा अध्यक्ष हरिविलास कोइराला, सहकारीका सल्लाहकार देवेन्द्र अधिकारी, सेयर सदस्य रंगनाथ अधिकारी, सचिव रामबाबु ढकाल , ऋण समिति संयोजक बसन्त ढकाल लगायतले बोल्नु भएको थियो ।



उज्यालो खबर




