रगत व्यवस्थापनमा समन्यकारी भूमिका र रक्तदान गर्नका लागि उत्प्रेरण जागाउँदै आएको संस्था ‘ब्लड डोनर्स सोसाइटी नेपाल’ यतिबेला ‘मेची–महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान’ मा रहेको छ ।
गत पौष ७ देखि मेची पुलबाट सुरु भएको अभियानले पूर्वी नेपालका २५ भन्दा बढी स्थानहरुमा कार्यक्रम सम्पन्न भईसकेको छ र पश्चिम तर्फ भने तनहुँ , लमजुङ,कास्की, स्याङ्जा,पाल्पा हुँदै कैलाली सम्म रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रम तय गरिएको संस्थाका अध्यक्ष तथा अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
उहाँले एक घर एक रक्तदाता भन्ने मुल नारा लिई समाजमा रगत सम्बन्धि चेतना अभिवृद्धि गराउने र रगत अभाव हुन बाट बचाउनका लागि युवाहरुमा सचेतता फैलाउने उद्देश्यले यो अभियान सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरै संख्यामा युवाहरु विदेशीनुभएको छ जसले गर्दा रगतको अभाव व्यापक छ । सोही कारण रक्तदान गर्न मिल्नेहरुका लागि रक्तदान उत्प्रेरणा जगाउनका यो अभियान थालेका हौं ।”
अभियानमा विभिन्न संघ संस्था, स्थानीय निकाय एवम सामाजिक अभियान्ताहरुको साथ र सहयोग रहँदै आएको उहाँको भनाई छ । अभियान अन्र्तगत विभिन्न विद्यालय तथा कलेजमा गएर युवाहरुलाई रक्तदान सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्नुका साथै र सम्भव भएको स्थानमा सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरी रक्तदान कार्यक्रम पनि गरिँदै आएको संयोजक अधिकारीले बताउनुभयो । अभियान पश्चिम महाकाली सम्म हुनेछ ।कार्यक्रम समापन भने २१ माघमा भरतपुर चितवनमा हुने जानकारी गराउनु भयो ।



उज्यालो खबर




