चितवन । चिवनको इच्छाकामना गाउँपालिकाको १४ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा बुधबार गाउँसभा सम्पन्न भएको हो । गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेका छन् ।
गाउँसभाले १०१ वटा कार्यक्रम तथा बजेट संशोधन गरिएको सभाकासचिव प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो । चालुखर्च तर्फ १ करोड ५४ लाख ८० हजार कटौती गरिएको छ भने रु.५९ लाख ८० हजार विभिन्न आयोजनामा थप गरिएको छ ।
पूँजीगत तर्फ भने विभिन्न आयोजनामा १ करोड ९० लाख ८० हजार कटौती गरिएको छ भने २ करोड ८५ लाख ८० हजार थप गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत २२ वटा योजनाका लागि रु.४८ लाख स्वीकृत गरिएको प्रस्ताव सर्वसम्मतले गाउँसभाबाट पारित गरिएको छ ।
उपाध्यक्ष माया सिलवालले रकमानान्तर तथा बजेट संशोधन प्रस्ताव सभामा पेश गर्नुभएको थियो । उक्त प्रस्ताव सभाले सर्वसम्मत पारित गरिएको हो ।उक्त प्रस्तावलाई गाउँसभा अध्यक्ष दान बहादुर गुरुङले निर्णयार्थ प्रश्तुत गर्नुभएको थियो ।




उज्यालो खबर




