खैरहनीमा विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन
खैरहनी । खैरहनी नगरपालिकाले विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी गृहकार्य कक्षा सुरुवात गरेको छ। बिपन्न बस्तीका बालबालिकालाई बिहान र बेलुकाको समयमा नगरपालिका भित्र बिभिन्न २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन हुन थालेको हो । आज खैरहनी नगरपालिका वडा नं ८ स्थित मगनी टोलमा गृहकार्य कक्षाको सुरुवात गर्दै नगर प्रमुख शशीकुमार खनियाले गृहकार्य कक्षा सञ्चालनबाट घरमा अध्ययन गर्ने वातावरण मिलाउन कठिन विपन्न बस्तीका बालबालिकालाई बिहान बेलुका शिक्षकको सहयोगमा गृहकार्य गर्ने र नयाँ कुरा सि...


