×

काठमाडौं । काठमाडौं स्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजका ३१९ जना विद्यार्थी दीक्षित भएका छन् ।१२ माघमा होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहबीच बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई) उत्तीर्ण ३१९ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।

समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई युनिभर्सिटीले विशेष अवार्ड समेत प्रदान गरिएको थियो ।दीक्षान्त समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि, अविभावकहरुको उपस्थिति रहेको थियो ।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई), बीएस्सी (हन्स) साइबर सेकुरेटी एन्ड डिजिटल फरेन्सिक्स र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया