×

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा चन्द्रकान्त बस्नेत आउनु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा कार्यरत बस्नेतको इच्छाकामना गाउपालिकामा सरुवा भएको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भूसालको केहिदिन अघि अन्यत्रै सरुवा भएपछि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत आउनुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई आजै गाउँपालिकाले स्वागत गरेको छ । गाउपालिकाका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल तथा वडाअध्यक्ष तथा कर्मचारीहरुले बस्नेतलाई स्वागत गर्नुभएको थियो ।स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले इच्छाकामना गाउँपालिकाको आगमनलाई अवसरको रुपमा लिएको भन्दै आफुले उच्च मेहनतका साथ सेवा गर्ने बताउनुभयो । कानूनको दायरामा रहेर सिङ्गो गाउँपालिकाको हितको लागि आफ्नो अनुभव र क्षमता प्रयोग गर्ने उहाँले बताउनुभयो ।

आजभन्दा १२ वर्ष अघि निजामती सेवामा प्रवेश गरेका बस्नेतसँग मुस्ताङमा सहायक प्रमुख जिल्ला अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान अधिकृत, ईलाका प्रशासन कार्यालय कोहलपुरको प्रमुख तथा इस्मा गाउँपालिका गुल्मीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेको अनुभव छ ।

 

तपाईको प्रतिक्रिया