चितवनमा ९७ लाख चोरी गर्ने सुरक्षा गार्ड पक्राउ
भरतपुर । सुरक्षा गर्न खटाइएका कर्मचारीलेनै चितवनमा ९७ लाख चोरी गरेको भेटिएको छ । भरतपुर–९ काँडाघारी मा रहेको एपोलो पेन्ट्सको कार्यालय भवन सुरक्षाका लागि खटिएका सुरक्षा गार्डलेनै रकम चोरी गरेको तथ्य खुलेको छ । कार्तिक २७ गते लकर फुटाई चोरी भएको उजुरी परेपछि चितवन प्रहरीले अनुसन्धान थालेको थियो ।
एपोलो पेन्टस्मा कार्यरत सुरक्षा गार्ड कालिका–६ का ४० वर्षिक कविराज थापाले चोरी गरेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छन् । चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले खाटमुनि झोलामा...


