भरतपुर अस्पताललाई २० लाख बढीको स्वास्थ्य सामग्री सहयोग
चितवन । भरतपुर अस्पताललाई २० लाख रुपैयाँ भन्दाबढीको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोका–कोला फाउण्डेसन नेपाल र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा सोमबार सो सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।
कोरोना महामारी विरुद्धको लडाईंको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरुको सुरक्षाको लागि सो स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गरिएको जनाईएको छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठक र चितवन रेडक्रस शाखाका सभापति ज्ञानशाली न्यौपानेले भर...


