×

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले  बिबादस्पद भरतपुर महानगरपालिका ५ नम्बर वडा कार्यालयको भवन निर्माण सिलान्यास गर्ने तयारी गरिएको छ ।साँघुरो जग्गा भएकोले आधुनिक भवन निर्माणको लागि उक्त ठाउँ अनुपयुक्त रहेको भन्दै नेपाली कांग्रेसले बिगत लामो समय देखी बिरोध जनाउदै आएको छ ।

नेपाली कांग्रेसको बिरोधका बाबजुत भवन निर्माण गर्न लागिएको भन्दै वडाबासिहरुले समेत चौतर्फी बिरोध जनाएका छन् ।मङ्सिर १५ गतेभोली सोमबार बिहान साढे आठ बजे वडा कार्यालयले सिलान्यास कार्यक्रम राखेको छ। नगर प्रमुख को हातबाट सिलान्यास गर्ने भन्दै सबैतिर पत्रचारगरिएको छ।प्रतिपक्ष दल नेपाली कांग्रेस भरतपुर ५ ले सिलान्यास कार्यक्रममा सहभागि नहुन आग्रह गर्दै प्रेस बिज्ञप्ती निकालेर बिरोध जनाएको छ।

बिज्ञप्तीमा कांग्रेसले तत्काल सिलान्यास कार्यक्रम रोकी उपयुक्त जग्गा खोजी सर्बसम्मत् रुपमा अत्याधुनिक भवन निर्माण गर्न आग्रह गरेको छ। कांग्रेसले पटक पटक ज्ञापनपत्र बुझाँउदा समेत् प्रतिपक्ष दलको बेवास्ता गरी एकदलिय रुपमा अगाडि बडेको र क्षणिक रुपमा पुर्वाग्रही ढंगबाट शिलान्यास कार्यक्रम राखिएको आरोप समेत लगाएको छ। उक्त भवन भरतपुर महानगरपालिकाको भवन निर्माण आचार संहिता र निर्देशिका बिपरित रहेको काग्रेसको ठहर छ बिज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया