×

भरतपुर । भरतपुर अस्पतालमा आज शुक्रबार दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नं.१७ का ५७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं‍‍‍ १० की ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।

भरतपुरका संक्रमितको बिहान ५ः१५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । निमोनियाको समस्या भएपछि उनको मंसिर ३ गते पीसीआर परीक्षण गरिएको थियो । अर्को दिन कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।

हिजो बिहीबार मात्रै कोरोना संक्रमणसहित अस्पताल भर्ना भएकी हेटौंडाकी महिलाको विहान ६ बजे मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया