Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । चितवन प्रहरीले करिब ५० विगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको छ । मसिंर ६ गतेदेखि ८ गतेसम्म राप्ती नगरपालिकाको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राप्ती नगरपालिका वडा न. ११ को डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्किडाँडा, वडा नं. १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं. १३ को कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला लगाएतका स्थानमा गरिएको गाँजाखेती नष्ट गरिएको हो ।

८० जना सुरक्षाकर्मीले ३६ लाख गाँजाको बोटविरूवाहरू फडानी तथा नष्ट गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया