चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनाकी केटी (गैंडाको पोथी बच्चा) मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं। १३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको केटी आज बिहीबार मृत्य फेला परेको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो केटीलाई भाले गैंडाले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । उक्त केटीको भर्खर पलाउन लागेको खाग ९ब्रम्ह खाग० तथा खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा योसँगै निकुञ्जमा १५ गैंडा मरेका छन् । ती मध्ये चार वटा गैंडा तस्करले मारेका हुन् भने ११ वटा प्राकृतिक कारणले मरेका हुन् ।