विपद् जोखिम व्यवस्थापनमा कालिका नगरपालिकाको चासो
चितवन । जाडोबढेसँगै कालिका नगरपालिकाले शीतलहर सँगै हुने अन्य विपद् जोखिम व्यवस्थापनको विषयमा चासो देखाएको छ । शीतलहर सँगै अन्य विपद् जोखिम व्यवस्थापन र जलवायु अनुकूलनका लागि विपद् तथा जलवायु उत्थानशील योजनाको मस्यौदाको विषयमा आजै छलफल भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम( यूएनडिपी – सिडिआरएमपी )को सहयोगमा सरोकारवालाहरुसँग कालिका नगरपालिकाले छलफल गरेको हो । नगरक्षेत्रभित्रका विपद्को जोखिम क्षेत्रको समस्या सँगै विपद् न्यूनिकरणका लागि गर्नुपर्ने कामलाई लिएर प्रारम्भिक ...


