×

चितवन सेरोफेरो

चितवन राष्ट्रिय निकुन्जमा अखेटोपहार सहित तस्करीमा संलग्न तीनजना पक्राउ

चितवन राष्ट्रिय निकुन्जमा अखेटोपहार सहित तस्करीमा संलग्न तीनजना पक्राउ
चितवन ।नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनाक्तिलाई अखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गर्न सफल भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पक्राउ परेका व्यक्ति र अखेटोपहारलाई कसरास्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ । पक्राउ पर्नेमा चितवन माडीनगरपालि...

पूर्वमाओवादीको पार्टी कार्यालय भरतपुरमा नेकपा प्रचण्ड–माधव समूहको भेला

पूर्वमाओवादीको पार्टी कार्यालय भरतपुरमा नेकपा प्रचण्ड–माधव समूहको भेला
चितवन । नेपाल कम्युनिष्ट पार्टी को प्रचण्ड–माधव समूह चितवनको भेला भरतपुरमा सुरु भएको छ । पूर्वमाओवादीको पार्टी कार्यालय कृष्णपुरमा अगुवा कार्यकर्ता भेला सुरु भएको हो । अहिले भेला जारी छ । भेलामा विघटित प्रतिनिधि सभाका सांसद सुरेन्द्र पाण्डे ,  कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलगायतको उपस्थिति रहेको छ ।

नेकपा चितवनको पार्टी कार्यालय प्रशासनको सुरक्षा घेरामा, कुनै पक्षले पनि प्रयोग गर्न नपाउने

नेकपा चितवनको पार्टी कार्यालय प्रशासनको सुरक्षा घेरामा, कुनै पक्षले पनि प्रयोग गर्न नपाउने
चितवन । नेपाल कम्युनिष्ट पार्टी  चितवनको जिल्ला कार्यालय प्रशासनको सुरक्षामा रहेको छ । आज आईतबारदेखि प्रशासनले कुनै पनि पक्षले प्रयोग गर्न नपाउने गरी सुरक्षा दिएर राखेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कानुन बमोजिम ठहरेर नआउँजेलका लागि सुरक्षा दिएर राखिएको बताउनुभयो । उहाँले तोकिएर नआएसम्म कुनै पनि पक्षले उक्त कार्यालय प्रयोग गर्न नपाउने जानकारी दिनुभयो । कार्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आजबाट सुरक्षाकर्मीले कार्यालयमा कसैलाई पनि प्रवेश...

चितवनको करागारबाट भागेका थुनुवा पक्राउ

चितवनको करागारबाट भागेका थुनुवा पक्राउ
चितवन । कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् ।कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनी यही मङ्सिर २० गते साँझ ५ः१५ बजे कारागार कार्यालयबाट भलिबल खेल्ने जालीको सहायताले पर्खाल नाघी भागेका थिए । जबर्जस्ती करणी...

प्रधानमन्त्रीको  समर्थन गर्दै चितवनको कालिकामा दीप प्रज्‍वलन

प्रधानमन्त्रीको  समर्थन गर्दै चितवनको कालिकामा दीप प्रज्‍वलन
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज शनिबार साँझ चितवनको कालिका नगरपालिका स्थित खोलेसिमल बजारमा दीप प्रज्ज्वलन सहित प्रदर्शन गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, युवा संघ र अनेरास्ववियुको आयोजनामा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले ओलीको कदमको समर्थन गरेका हुन् । सो अवसरमा पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओलीले संसद बिघटन गरी मध्यावधी चुनाव गर्न बाध्य भएको नेकपाका जिल्ला नेता कमलराज पाठक बताउनुभयो ...

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित
चितवन । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित हुनु भएको छ । संघको आज शुक्रबार भरतपुरमा सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनले पाण्डेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा विरबहादुर गुरुङ्, उपाध्यक्षमा क्रमशः प्रकाश चापागाई, प्रकाश श्रेष्ठ, महासचिबमा नेत्रनारायण आचार्य, सचिबमा नरेन्द्र अधिकारी, सह–सचिबमा मोहोन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । समितिको सद...

चितवनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै, निको हुने दर बढ्दै

चितवनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै, निको हुने दर बढ्दै
चितवन। चितवनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । गत भाद्रयता उच्च देखिएको संक्रमणदर मंसिरयता भने घट्दै गएको हो । संक्रमितको संख्या घट्दा निको हुने दर भने बढ्दै गएको छ । मंसिर महिनामा संक्रमण दर पछिल्लो ४ महिनायता कै कम पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार मंसिरमा जिल्लाभर जम्मा ८६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघी कार्तिकमा संक्रमण दर उच्च देखिएको हो । कार्तिकमा जिल्लाभर २ हजार १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै असोजमा १ हजार ७०६ ...

प्रचण्डको गृह जिल्लामा नारा लाग्याे : भोट के मा सूर्यमा ,जवज जिन्दावाद !

प्रचण्डको गृह जिल्लामा नारा लाग्याे : भोट के मा सूर्यमा ,जवज जिन्दावाद !
भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा आज मंगलबार अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । ओलीका समर्थकहरुले भरतपुरस्थित चौविसकोठीमा साँझ दीपावली गरेसंगै प्रदर्शन गरेका हुन् । उनीहरुले केपी ओली जिन्दाबाद, नेकपा जिन्दावाद, भोट के मा  सूर्यमा, जबज जिन्दाबाद लगायतका नारा लगाएका थिए । कार्यक्रममा युवा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । दीपावलीको सुरुवात गर्दै नेकपाका ...

पहाड झरेर थुनिएको माडीको परुइ खोला खोलिने

पहाड झरेर थुनिएको माडीको परुइ खोला खोलिने
चितवन- पहाड झरेर थुनिएको माडीको परुइ खोलाको पहिरो पञ्छाउने काम थालिने भएको छ । पुस १ गते सोमेश्वर पर्वत श्रृङ्खलामा पर्ने एउटा डाँडो भत्कँदा खोला पुरिएको थियो । माडी नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने परुइ खोलाको ५०० मिटर क्षेत्र २० मिटरभन्दा बढी उचाइसम्म पुरिएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले थुनिएको खोलामा पानी भरिँदै गएमा वर्षातमा एकैसाथ फुटेर ठूलो नोक्सान हुन सक्ने बताउनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको विपद् व्यवस्थापन ...