चितवनमा प्रचण्ड -माधव (समूह) को मसाल जुलुसलाई प्रहरीले लखेट्यो (फाेटो सहित)
चितवन । विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्ति पश्चात आत्तिएको नेकपा प्रचण्ड माधव समूहले भोलीको आमहडताल सफल पार्न भन्दै चितवनमा आज साँझ निकालेको मसाल जुलुसलाई प्रहरीले लखेटेको छ।
नारायणगढ स्थित लायन्सचोकबाट निक्लेको मसाल जुलुसलाई प्रहरीले तितरवितर पार्दै अवरोध गरेको हो । पुल्चोकमा पुगेर कोणसभा गर्ने तयारी गरेको प्रचण्ड माधव समूको मसाल जुलुस शहिदचोकमै कोणसभामा परिणत भयो । मसाल जुलुसमा सहभागी युवाहरुले समातेको मसाललाई प्रहरीले खोसेर सडक किनारको नालीमा फालेको थ...


