×

चितवन । विरेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीहरुको शनिबार सम्पन्न भेलाले समाजशास्त्रिय अनुसन्धान गर्नुका साथै अनुसन्धानात्मक मुखपत्र प्रकाशन गर्ने उद्देश्यका साथ समाजशास्त्रिय अनुसन्धान समाज नेपाल नामक संस्थाको स्थापना गरेको छ ।
नवगठित संस्थाको कार्यसमितिको अध्यक्षमा प्रेमप्रसाद कंडेल,उपाध्यक्षमा सावित्री बराल ,सचिवमा मनोज विक्रम बिष्ट,कोषाध्यक्षमा जगन्नाथ उपाध्याय,सह सचिवमा अनुराधा महत्त र सदस्यहरुमा उपेन्द्र त्रिपाठी,टोपबहादुर गौतम,विनोद सुवेदी,निशा पौडेल,उदय सुनार,मिना अर्याल,अरुण क्षेत्री,राजेन्द्र अधिकारी,आरती सापकोटा र अस्मीता बराल चयन हुनुभएको छ । संस्थाको संरक्षणमा क्याम्पस प्रमुख दयाराम पौडेल ,सल्लाहकार संयोजकमा केशवराज सापकोटा र सदस्यहरुमा गंगाप्रसाद सापकोटा,होमनाथ अधिकारी,सुरजराज पौडेल,रमेश काफ्रले,कृष्णकान्त पौडेल,शम्भु भट्टराई,शिरोमणी पराजुली,अर्जुन पौडेल,राजेन्द्र प्रसाद गिरी रहनुभएको छ ।
सो भेलामा शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथी समाजशास्त्र विभाग प्रमुख उपप्राध्यापक केशवराज सापकोटाले समाजशास्त्रका विद्यार्थीहरुले गर्ने अनुसन्धानात्मक गतिविधिले अध्ययनलाई पनि मद्दत गर्ने बताउनु भयो । नव गठित समितिले गरेको अनुसन्धानात्मक गतिविधिलाई हेरी समाजशास्त्र विभागबाट सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा सहप्रध्यापक गंगाप्रसाद सापकोटा र रमेश काफ्ले तथा सहभागी प्रतिनिधि अनुराधा महत्तले शुभकामना मन्तव्य राख्नुभएको थियो । नव निर्वाचित अध्यक्ष प्रेमप्रसाद कंडेलले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो । मनोजविक्रम बिष्टले स्वागत गर्नभएको कार्यक्रमको सहजीकरण जगन्नाथ उपाध्यायले गर्नभएको थियो ।उक्त भेला ज्येष्ठ सदस्य उपेन्द्र त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त भेलाका साथ बनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया