प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगता शुरु
चितवन । देशकै सबैभन्दा ठुलो धनराशिको ‘प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७’ चितवनमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको आज (बुधबार) वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले उद्घाटन गर्नुभएको हो । प्रतियोगिता उद्घाटन गर्दै प्रदेश प्रमुख प्रसाईले कोभिडको कारण बन्द भएको खेल क्षेत्र विस्तारै चलायमान हुन ...


