चितवन । चितवनकाे कालिका नगरपालिकाको वडा नं ८ सिरु टाँडी नगरकै पहिलो पूर्ण सरसफाई उन्मुख टोल घोषणा भएको छ ।कालिका नगरपालिकाका उपप्रमुख कमला भटट्राईले आइतवार एक कार्यक्रमकावीच सिरु टाँडी पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभएको हो ।सो टोलका ३६ घरधुरी सुरक्षित खानेपानी पिउन पाए पछि लाभान्वित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका उप प्रमुख कमला भटट्राईले कालिका नगरपालिका जिल्लामै पहिलो वास प्लान बन्न लागेको नगरपालिका भएको बताउनु भयो। ।यस नगरपालिकाले एक घर एक धारा निर्माण गर्ने योजना बनाएको भट्राईले जानकारी दिनुभयो ।
आज आयोजित घोषणा कार्यक्रममा नेपाल ग्रामिण पुन निर्माण संस्था आरआरएनका जिल्ला संयोजक सबिता अधिकारीले नेपाल सरकारको निर्देशिका बमोजिम सरसफाईका सम्पुर्ण सूचकहरु पुरा गरिएको बताउनु भयो ।उहाले सिरुटाँडी टोलमा खानेपानी परियोजना निर्माण गर्नकोलागि आर्थिक तथा प्राबिधिक सहयोग गरिएको जानकारी दिनुभयो । कार्यक्रममा कालिका नगरपालिका वास कार्यदलका संयोजक टिका रिजालले खानेपानी आयोजनाहरु दिर्घकालिनरुपमा चल्नको लागि मरमत सम्भार कोषको आवश्यक्ता रहेको औल्याउनु भयो । उहाले कालिका नगरपालिकाले खानेपानीका मुहानहरु संरक्षण गर्दै लैजाने बताउनु भयो ।
सिरु टाँडी जस्तै सबै टोल वडा र नगरलाई क्रमश पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न नगरपालिका लागि परेको जानकारी दिनुभयो।सिरु टाँडीको अमलाचुली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारायण नेपालले खोलाको पानी खानुपर्ने बाध्यता हटेको बताउनु भयो ।नेपालले देउसी भैलो खेलेर जम्मा गरेको रकमले गाउँमा फोहोर फाल्ने रिगँ वितरण गरेको बताउनु भयो ।उहाले गाउँदेखी १२०० मिटर माथि पानीको मुहानवाट गाउँ सम्म सुरक्षित पानी ल्याउन सफल भएको बताउनु भयो ।अहिले गाउँमा आठवटा धारा निर्माण गरिएको नेपालले जानकारी दिनुभयो ।
टोलमा अहिले सबैका घरमा शौचालय बनेका छन्। भाँडा माझेर सुकाउने चाँग बनाइएका छन्। फोहोेर फाल्ने खाल्टा बनाइएका छन् भने प्रत्येक साता गाउँ सरसफाई गर्ने गरिएको छ ।खानेपानी मरमत सम्भारको लागि ८० हजार रुपैया जम्मा गरिएको उहाले जानकारी दिनुभयो। कार्यक्रम वडा नं ८ का वडा अध्यक्ष इम इम प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।