×

चितवन सेरोफेरो

चितवनमा भोलि प्रधानमन्त्रीले सम्बोधन गर्ने जनसभाको तयारी पूरा,यी स्थानबाट निस्कँदै छन् र्‍याली

चितवनमा भोलि प्रधानमन्त्रीले सम्बोधन गर्ने जनसभाको तयारी पूरा,यी स्थानबाट निस्कँदै छन् र्‍याली
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने कार्यक्रमको तयारी पूरा भएको छ । भोलि माघ १७ गते भरतपुरको केन्द्रीय बसटर्मिनलमा हुने बृहत जनसभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् । सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्राङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । दिउँसो १२ः३० बजेबाट आमसभा सुरु हुनेछ । सभामाअघि पूर्व क्षेत्रको बसन्तचोक,पश्चिम क्षेत्रको चौविसकोठी र उत्तर क्षेको मा...

चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

चितवनमा सबै घरेलु हिंसामा मिलापत्र
चितवन। चितवनमा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कानुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो । चालु आवको छ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकामा सबै मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले कार्यालयमा खान लाउन नदिएकामा १७, कुटपिट गरेकोमा १८ र गाली बेइज्जती गरेकोमा १३ वटा उजुरी परेका छन् । घरेलु हिंसामा गएको आर्थिक वर्षमा तुलनात्मकरूपम...

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द
नारायण अधिकारी चितवन । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् । नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउनुहुन्छ । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो । इँटा बन्ने समयमा को...

प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रोक्न चितवनमा प्रचण्ड-माधव गुटद्धारा आयोगलाई पत्र

प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रोक्न चितवनमा प्रचण्ड-माधव गुटद्धारा आयोगलाई पत्र
चितवन ।  प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम रोक्न माग गर्दै नेकपा चितवनको प्रचण्ड-नेपाल पक्षले निर्वाचन अयोगलाई पत्र पठाएको छ। निर्वाचनको मिति घोषणा भइसकेपछि पनि प्रधानमन्त्रीले विकासका योजनाहरू शिलान्यास गर्दै हिँड्नु कानुनविपरीत हुने भन्दै प्रचण्ड-नेपाल समूहले जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा पत्र पठाएको हो। प्रधानमन्त्री ओलीले माघ १७ गते चितवनमा सिटी हल र पूर्व-पश्चिम राजमार्गको नारायणगढ-गोद्राङ सडकखण्डलाई ६ लेनको बनाउने योजनाको शिलान्यास गर्ने कार्...

ईच्छाकामना गाँउपालिकाका ५० विपन्‍न परिवारलाई न्यानो कपडा वितरण

ईच्छाकामना गाँउपालिकाका  ५० विपन्‍न परिवारलाई न्यानो कपडा वितरण
भरतपुर । चितवनको ईच्छाकामना गाँउपालिका वडा नं. ७, भालुमारामा भरतपुर हाइट टोल विकास संस्था भरतपुर १० ले जाडोको न्यानो कपडा वितरण गरेको छ । भालुमारामा रहेको ५० विपन्न घर धुरीलाई प्रति धुरी एक ब्यालेङ्केटकासाथ  जगेडा लुगा समेत समावेश गरी वितरण गरेको हो । ईच्छाकामना गाँउपालिका वडा नं. ७ का अध्यक्ष बम बहादुर थापा बिजयको प्रमुख आतिथ्यता तथा भरतपुर हाइट टोल विकास संस्थाका अध्यक्ष शिवराज गिरीको अध्यक्षतामा न्यानो कार्यक्रम सम्पन्न भएको हो । न्यानो कार्यक्रममा ...

धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड
चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको छ । बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । महानगर प्रमुख दाहालले महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण क...

बसको ठक्करबाट चितवनमा दुईजनाको मृत्यु

बसको ठक्करबाट चितवनमा  दुईजनाको मृत्यु
चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नपा–१० हरिहर मन्दिर अगाडि यात्रुबसले मोटरसाइलकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा२ ख५६७४ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको बा९२प ५२०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाकाअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ-५ बस्ने २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी...

भरतपुरमा माघ १७ गते हुने विशाल सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

भरतपुरमा माघ १७ गते हुने विशाल सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली माघ १७ गते चितवन आउनुहुने भएको छ् । भरतपुरको केन्द्रिय बस टर्मिनलमा हुने बृहत जनसभालाई सम्बोधन गर्न ओली चितवन आउन लाग्नुभएको हो । आज (आइतबार) भरतपुरमा नेकपा सस्थापन पक्षद्वारा आयोजित पत्रकार सम्मेलनमा मार्फत जनसभाको बारेमा जानकारी दिइएको छ । सभामा चितवनका विभिन्न पालिकाहरुबाट ५० हजार जनता सहभागी गराउने लक्ष्य राखिएको छ । जनसभालाई प्रधानमन्त्री ओली सहित गृहमन्त्री राम बहादुर थापा बादल शहरी विकास मन्त्री प्रभु साह लगायतले सम्बोधन गर्ने का...

सिटीहल र पुलचोक-गोन्द्राङ ६ लेन सडकको शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउने

सिटीहल र पुलचोक-गोन्द्राङ ६ लेन सडकको शिलान्यास गर्न  प्रधानमन्त्री चितवन आउने
चितवन । भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको सिटीहल र पुलचोक गोन्द्राङ ६ लेन सडकको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघ १७ गते शनिबार चितवन आउने भएका छन् । दुबै राष्ट्रिय गौरबका आयोजना संघीय सरकारको बजेटबाट निर्माण हुन लागेका हुन् । शिलान्यास कार्यक्रमपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले भरतपुर केन्द्रीय बस टर्मिनलमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले गर्ने शिलान्यास कार्यक्रम र जनसभाबारे ओली पक्ष...