
चितवन । खैरहनी उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेस प्यानलका दिपेन श्रेष्ठ बिजयी भएका छन् । माघ १८ र १९ गते भएको खैरहनी उद्योग वाणिज्य संघको १० ओेैं साधरणसभा तथा ५ ओैं अधिवेशनबाट कांग्रेस प्यानलबाट अध्यक्षको पदमा उमेदवारी दिएका श्रेष्ठले सानदार जित हासील गरेका हुन् । कुल १४३० मतदाता रहेको संघमा श्रेष्ठले ७९९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी शेष कुमारी सडौला ओलीले जम्मा ४७६ मत प्राप्त गरिन ।
त्यस्तै वाणिज्य तथा उद्योगतर्फको सदस्यमा समेत लोकतान्त्रिक प्यानलका धेरै उम्मेदवार विजयी भएका छन् । वाणिज्यतर्फ बिक्रम खड्का , कुमार खनाल , बिनोद अर्याल , केदारनाथ बर्तौला,क्षेत्र बहादुर रावल , प्रशान्त अधिकारी ,अनिल श्रेष्ठ ,अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी भएका छन् । उद्योगतर्फ जगत बहादुर पाण्डे , शंकर कंडेल ,किरण बुर्लाकोटी , कृष्ण बहादुर श्रेष्ठ , अनुप अधिकारी र बिक्रम चौधरी विजयी भएका छन् ।
श्रेष्ठले केहि दिन अघि पत्रकार सम्मेलन गरि आफ्नो प्रतिद्वन्दीको रुपमा अध्यक्ष पदको लागि उठेको ब्यक्ति उधोगी ब्यवसायी नै नभएको बताउदै उसंग आफ्नो कुनै प्रतिस्पर्धानै नरहेको बताएका थिए । उनले आफ्नो पुर्ण उम्मेदवार नै किटान नगरेको टिमले चुनाव जित्छु भन्नू हास्यास्पद भएको बताउदै आफ्नो पक्षका उम्मेदवारहरु भिन्न ब्यवसायिक क्षेत्रका प्रततिनिधी रहेकाले जित सुनिश्चित रहेको जिकिर गरेका थिए ।