Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

भरतपुर/विश्व क्यान्सर दिवसको अवसरमा बिहीबार भरपुर स्थित चौविसकोठीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाको आयोजनामा सम्पन्न भएको दीप प्रज्वलन कार्यक्रममा सस्थाका केन्द्रिय उपमहासचिव वद्रीनाथ पोखरेल प्रमुख अतिथी रहनु भएको थियो ।

सुर्तिजन्य पदार्थ रहित समाजको सिर्जना, हाम्रो परिकल्पना भन्ने मुल नाराका साथ विश्वका क्यान्सर रोगीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरिएको हो ।

नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सभापति दिनेश कुमार चुकेको अध्यक्षतामा भएको उक्त कार्यक्रम सस्थाका कार्यसमिति सदस्य अर्जुन अधिकारीको संयोजनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया