Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । चितवनमा नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वृहत् आमसभा भएसँगै ओली पक्षमा खुल्नेहरुको संख्या बढ्दै गएको छ । हिजो नेपाल समूहमा रहेका नेताहरु प्रत्येक दिन ओली समूहमा फर्कने लहर नै चलेको छ । राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा पनि ओली समूहमा फर्किएका छन् । लामा राप्ती नगरपालिका नगर कमिटीका अध्यक्षपनि हुन् ।

देशभर प्रचण्ड–नेपाल समूहले आमहडताल गरिरहँदा उममेयर लामा भने बिहीबार दिनभर नगर कमिटीको बैठकमा केन्द्रित थिए । राप्ती नगरपालिकाका धेरै वडा अध्यक्षहरु पनि ओली समूहमा फर्किने तयारीमा रहेको स्रोतले बताएको छ । लामा नेपाल समूह त्यसमा पनि नेता सुरेन्द्र पाण्डे निकट मानिन्थे ।

उनि स्थानिय स्तरमा लोकप्रिय नेताको रुपमा परिचित छन ।उनि भरतपुरको केन्द्रिय बसपार्कमा आयोजित अध्यक्ष केपी ओलीले सम्बोधन गरेको कार्यक्रममा समेत सहभागि भएर अतिथिको आशनग्रहण गरेका थिए । उनले आफू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र जनताको बहुदलिय जनबादको पक्षमा रहेको प्रतिकृया दिए ।

ओली समूहकी नेतृ पार्वती रावलले बहुसंख्यक पार्टी नेता कार्यकर्ताहरु ओली पक्षमा नै रहेको बताइन् । उनले भनिन्, ‘ पूर्व चितवन हाम्रो पक्षमा क्लियर छ । कमरेड कृष्ण खनाल उतातिर देखिनु भएको छ । नारायण वन र कृष्णकुमार डल्लाकोटी निष्क्रिय हुनुहुन्छ । आशा छ उहाँहरु पनि यतै फर्कनु हुन्छ ।’ नेतृ रावलले कार्यव्यस्तताले तल्लो कमिटीका बैठकहरु सम्म पुग्न नभ्याएकोले पनि धेरै कार्यकर्ताहरु संगठित भइनसकेको जानकारी दिइन् ।

चितवनको इच्छाकामनामा गाउँपालिकामा पनि बहुसंख्यक नेता तथा कार्यकर्ता ओली समूहमा देखिएका छन् । स्थानीय स्तरमा लोकप्रिय नेता नारायण अधिकारी सुरुदेखिनै ओली समूहमा नै छन् । माडीमा जितबहादुर शाहीलगायत धेरै कार्यकर्ता ओली समूहमा फर्किसकेका छन् । भरतपुरमा पनि जिल्ला कमिटीकी पूर्व उपसचिव सूर्यवदना हमाल र विष्णु अधिकारी ओली समूहमा नै छन् । नेकपा नेतृ रावलले मुख्यतया तत्कालिन एमाले विचार, सिद्धान्त र असल राजनीतिक संस्कारले नेताहरु ओलीसमूहमा फर्किने लहर चलेको बताइन् ।

तपाईको प्रतिक्रिया