×

चितवन । प्रेस संगठन नेपाल चितवन शाखाको संयोजकमा सुबास पण्डित चयन भएका छन् । प्रेस संगठन बागमती प्रदेश कमिटीको आज (मंगलबार) बसेको बैठकले पण्डितलाई चितवन संयोजकमा चयन गरेको हो ।

संगठनको जिल्ला सह-संयोजकमा कृष्ण आचार्य चयन भएका छन् । संगठनको बागमती प्रदेश कमिटीको बैठकले प्रदेशको १० जिल्लाका संयोजक र सह संयोजकको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि प्रेस संगठन चितवनको स‌ंयाेजक प्रकाशमणी ज्ञवाली र सहसंयोजक तीर्थ नेपाल रहेका थिए ।

जस अनुसार मकवानपुरको संयोजकमा धर्मेन्द्र दाहाल र सह- संयोजकमा पुष्पराज अधिकारी, सिन्धुपाल्चोकको संयोजकमा बिदुर आचार्य र सह( संयोजकमा नानीराम नेपाल, दोलखाको संयोजकमा प्रभु जिरेल, सह- संयोजकमा ताराबहादुर महत, रामेछापको संयोजकमा बिफा तामाङ घिसिङ र सह-संयोजकमा मेखबहादुर बिकलाई चयन गरेक्को छ ।

यस्तै सिन्धुलीको संयोजकमा बुद्ध अछामी, सह-संयोजकमा बिनय दाहाल(वाईबी), रसुवाको संयोजकमा बलराम घिमिरे र सह संयोजकमा प्रेम पौडेल, धादिङको संयोजकमा सरोज पोडेल र सह- संयोजकमा राजन सिल्वाल तथा नुवाकोटको संयोजकमा नवदिप अजनवी र सह-संयोजकमा रुपा अर्याललाई जिम्मेवारी दिईएको छ

तपाईको प्रतिक्रिया