तीन बुँदे सहमति कार्यान्वयन गर्न विप्लव नेकपाको माग, आज नेपाल बन्दको घोषणा
चितवन–नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीले तत्कालिन केपी ओलीको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । सहमति कार्यान्वयन गर्नुको साटो उल्टै नेकपाका नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् ।
उनीहरुले नेकपासँगको सहमति कार्यान्वयनसँगै एमसिसी सम्झौता खारेज गर्नुपर्ने, बढ्दो महंगी र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र आफ्नो नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्धा खार...


